पोखरा, माघ २४
कास्की क्षेत्र नम्बर १ मा एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजी आन्दोलन दबाउन एमाले र त्यसको अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिका खेलेको भन्दै त्यस क्षेत्रमा एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको हो । सो अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् ।
कार्यक्रममा रणबहादुर विश्वकर्मासहितका ५३ जना एमाले छाडेर नेकपा प्रवेश गरेको उनले बताईन् । नेकपा प्रवेश गरेका विश्वकर्माले आफूसहित विश्वकर्मा समाजका ८० घर परिवार नै नेकपामा समाहित भएको बताए । देश बदल्ने र जेनजीको माग सम्बोधन गर्ने पार्टी नेकपा मात्र देखेको बताउँदै उनले भने,‘हामी दलितको मुक्तिका लागि लडेको पार्टी पनि तत्कालीन माओवादी र अहिलेको नेकपा भएकाले हामी सबै नेकपामा समाहित भएका हौं ।’
कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले देशको विकास, समृद्दिको बाहक नेकपा भएको बताए । साथै जेनजीको मुद्दा बोक्ने पार्टी पनि नेकपा नै भएको उनको भनाई थियो ।
कास्की १ का प्रत्यक्षतर्फका उम्मेदवार राजकाजी गुरुङले नेकपा देशभक्तहरुको पार्टी भएको बताए । जेनजीको मुद्दासमेत नेकपाले उठाउँदै आएको बताउँदै उनले कृषि र पर्यटनबाट कास्की १ को विकासमा कायापलट गर्न सकिने बताए । कृषि, पर्यटन र हाईड्रोबाट कास्की १ को समृद्दि र विकासमा कायापलट गर्न सकिन्छ,उनले भने,‘हाईड्रोको स्वामित्व स्थानियलाई निश्चित प्रतिशत तोकेर यसमा स्थानियलाई अपनत्व दिलाउँदै आयआर्जनमा बृद्दि गर्न सकिन्छ ।’
नेकपा गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले नेकपा जनताको साथी भएको र यसले मात्रै देशको विकास गर्दै समाजवाद ल्याउन सक्ने बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






