प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त देखिन्छन् । तर प्रत्येक निर्वाचनमा हजुर बाबुदेखि नाति पुस्तासम्म पनि एउटै आवाज सुनिने गरेकोे छ जग्गा धनी पुर्जा कहिले पाइन्छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कास्की निर्वाचन क्षेत्र नं. २ नेकपा एमालेका उम्मेदवार रश्मी आचार्य पोखरा महानगरपालिका वडा नं. १७ हनुमान टोलको वस्तिमा पुग्दा स्थानीयवासिन्दाको एउटै प्रश्न थियो जग्गाको मालिक बन्ने कहिले ।२०३६ सालदेखि कित्ता नंम्वर २९९ र ३०० मा लगभग ५८ रोपनी जग्गामा विगत पाँच दशकदेखि करिव तीन सय घर परिवार वस्दै आएको हनुमान टोल विकास संस्थाका अध्यक्ष रिकमाया गुरुङले जानकारी दिए । दुई दशक भन्दा बढी जिल्ला, पुनरावेदन र सर्वोच्च अदातलमा मुद्दा खेपेर भुमाफियाको चङगोलवाट उक्त जग्गा बचाउन त सफल भयौ तर अहिलेसम्म जग्गा धनी पुर्जा प्राप्त गर्न नसक्दा सधै मुलुकको दोश्रो दर्जाको नागरिकको जस्तो अनुभूति हुने गरेको उहाँको भनाई छ ।
उनका अनुसार स्थानीय वासिन्दाको सकृयता र पोखरा १७ को वडास्तरीय एवम् विभिन्न जनप्रतिनिधिहरुको सहयोगमा टोलमा बाटो, खानेपानी, विद्युतीकरण जस्ता आवश्यक भौतिक पूर्वाधार तयार भई सकेका छन् सो क्षेत्रमा वसोवास गर्ने अधिकांश वासिन्दाहरु विभिन्न क्षेत्रमा श्रम गरेर जिविकोपार्जन गर्दै आएका छन् ।कार्यक्रममा उम्मेदवार आचार्यले सवै गुनासो सुनिसकेपछि भन्नुभयो, घर छ, तर जग्गा छैन यही पीडा धेरै परिवारले भोगिरहेका छन् भूमिहीनलाई जग्गाको मालिक बनाउने काम मेरो प्राथमिकता हुने छ सक्दो पहल गर्छु ।भूमिहीन र अव्यवस्थित समस्या केवल राजनीतिक मुद्दा मात्र नभई सामाजिक न्यायसंग जोडिएको बिषय भएको बताउँदै उहाँले थप्नु भयो भूमि व्यवस्थपन, लालपुर्जा वितरण र आवास कार्यक्रमलाई व्यवस्थितरुपमा अघि वढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।एमालेका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार आचार्यले भन्ने भूमिहीन र अव्यवस्थित समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह बीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक नीतिको खाँचो छ ।
मुलुकमा अस्थिर सरकारको कारण राष्ट्रिय भूमि समस्या समाधान आयोगले भूमिहीन, दलित तथा अव्यवस्थित वसोवासीलाई जग्गाको मालिक बनाउन नसकेको बताउँदै एमालेले नौ महिने कार्यकालमा करिव ६३ हजार परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको उहाले स्मरण गराए । भूमि अधिकार अभियान्ताहरुका अनुसार मुलुकमा अहिले पनि २२ लाख भन्दा बढी नागरिक भूमि अधिकारवाट बञ्चित रहेको छन् । जसमा भूमिहीन दलित परिवार ८८ हजार८९५, सुकुम्वासी एक लाख ६८ हजार ४४१ र अव्यवस्थित बसोवासी खाठ लाख ७२ हजार १८१ परिवार रहको तथ्याङ्कमा उल्लेख छ ।कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज सुभाष ढुङ्गानाले पोखरा १७ का विभिन्न भूमिहीन तथा अव्यवस्थित वस्तिमा आवश्यक भौतिक सुविधानका लागि निरन्तर योगदान गर्दै आएको बताए ।
वामपन्थी नेता सोमनाथ अधिकारी प्यासीसहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रम एमाले पोखरा १७ का सचिव उत्तम पौडेलले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






