सन्देश श्रेष्ठ
पोखरा, फागुन १२
पोखराको अटोवेज प्रालिले यूरो-६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्राएको छ । बतास कमर्सियल भेईकल्स प्रालिका लागि गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनको अधिकृत विक्रेताका रूपमा कार्यरत अटोवेजले गण्डकी प्रदेशमा पहिलो पटक भित्राएको सो अत्याधुनिक गाडी स्वीफ्ट होलिडेले खरिदसमेत गरिसकेको छ । पोखरा–काठमाडौं, काठमाडौं–पोखरा चल्ने सो गाडी चाँडै सञ्चालनमा आउनेछ । कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले साँचो स्विफ्ट होलिडेज प्रालिका प्रबन्धक निर्देशक मिलन नेपाललाई हस्तान्तरण गरे ।

यूरो–६ मापदण्डको यस गाडी वातावरणमैत्री रहेको अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार उन्नत इञ्जिन प्रविधि रहेको यस गाडीले कार्वन उत्सर्जन कम गर्न सघाउ पुग्नेछ भने इन्धन खपत कम हुनुका साथै उच्च सुरक्षा सुविधासमेत प्रदान गर्नेछ । यसले गुणस्तरीय पर्यटनमा टेवा पुग्ने भन्दै उनले भने,‘अहिले पोखरा–काठमाडौंको यात्रा असुरक्षित महशुष भइरहेको छ । तर यूरो–६ मापदण्डको यस गाडी सुरक्षित हुन्छ । जसले काठमाडौं–पोखराको यात्रा आरामदायी र सुरक्षित बनाउनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ ४० सिटको यस गाडीले पोखरा–काठमाडौंको यात्रा समय घटाउने दाबी गरे । उनका अनुसार ५ घण्टामै पोखराबाट काठमाडौं पु¥याउनेछ ।

१ करोड २६ लाख मूल्य पर्ने यूरो–६ मापदण्डको ६ वटा गाडी स्वीफ्ट होलिडेजले खरिद गरेर पोखरा–काठमाडौं सञ्चालन गर्न लागेको हो । नेपाल भित्राउँदा राज्यले २० प्रतिशत कर छुट दिएको अध्यक्ष पौडेलले जानकारी दिए । ‘दश वर्षसम्म अरुलाई बेच्न नदिने शर्तमा हामीलाई छुट दिइएको हो’–उनले भने । पाएको छुटका आधारमा यात्रुलाई पनि सहुलियत प्रदान गर्न भाडादर सस्तो गरिएको उनको भनाई छ । उनका अनुसार यूरो–६ मापदण्ड अनुसार करीब २ हजार पर्ने भाडालाई सहुलियतमा हाल १ हजार २ सयमा सेवा दिन लागिएको उनले बताए ।
स्वीफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपालले यात्रुको सुविधाका लागि यूरो–६ मापदण्डको गाडी भित्राएको बताए । ‘यसले यात्रा आरामदायीसँगै सुरक्षित बनाउँछ ।’
कम्पनीले चाँडै पोखरा–चितवन, पोखरा–लुम्बिनीमासमेत दीवा तथा रात्रीकालीन सेवा सञ्चालन गर्ने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…






