पोखरा ।
आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका ८ आकाक्षी उमेदवारहरुले चुनाव परिचालन समिति गठन गरेका छन् ।
सुर्यराज घिमिरे संयोजक रहेको समितिमा प्रचारप्रसार संयोजक मनोहरि पौडेल वस्तुगत समन्वय संयोजक नवीन नापित रूट व्यवस्थापन संयोजक अंमृत पोखरेल स्वयंसेवक परिचालन संयोजक भानुभक्त अधिकारी सचिवालय व्यवस्थापन संयोजक राम कडेल अर्थ व्यवस्थापन संयोजक दुर्गा बराल यातायात व्यवस्थापन संयोजक कमल सुनार रहेका छन ।
पोखरा उद्योग वाणिज्य संघको विधान बमोजिम कार्यसमिति सदस्य खुलामा १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका इच्छुक उमेदवारहरुबीच भएको छलफलबाट ८ जना सदस्यका उमेदवारहरू एकाकार भएर अध्यक्ष तथा पदाधिकारीहरूको साझा कार्यसमिति सदस्यको उम्मेदवारका रूपमा एकजुट भई प्रस्तुत हुने सहमती अनुसार ´व्यवसायीको बलियो आवाज,साझा प्रतिवद्वता सयुक्त सदस्यहरूको उमेदवारी,
भन्ने नाराका साथ व्यवसायीहरूको घरदैलोमा जाने निर्णय भएको सदस्यका उमेदवार तथा संयोजक सुर्यराज घिमिरेले बताए । कार्यसमिति सदस्य पदका उमेदवारहरु अमृत पोखरेल,सुर्यराज घिमिरे (सुरेश) दुर्गा बराल,नविन नापित,मनोहरि पौडेल,राम कँडेल, कमल बहादुर सुनार,भानुभक्त अधिकारी रहेका छन् ।
आम पोखरेली उद्योगी व्यवसायीहरुको चाहना अनुसार पोखरा उद्योग वाणिज्य संघको भदौ २० र २१ गते सम्पन्न हुने ३६औँ महाधिवेशनमा निर्वाचन जित्नेमात्र नभई पोखरा उद्योग वाणिज्य संघलाई अझ बलियो, एकताबद्ध र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने उद्देश्यका साथ निर्वाचन पश्चात् समेत आपसी सहकार्यलाई निरन्तरता दिने निर्णय गर्दे निर्वाचनका लागि साझा घोषणापत्र, एउटै एजेन्डा र स्पष्ट सन्देश तयार गरी संघका सम्पूर्ण सदस्यहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने निर्णय गरीएको सदस्यका उमेदवार तथा प्रचारप्रसार संयोजक मनोहरि पौडेलले बताए । यसै बिच पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा केही उमेदवारको उम्मेदवारी विरुद्ध उजुरी परेकाेमा निर्वाचन समितिले पुर्वाग्रहपुर्ण रूपमा कायम राखेकोमा समेत आपत्ति प्रकट गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





