बाढी पिडित राहत कोषमा पोखरा १३ का वडाध्यक्ष बरालको सहयोग घोषणा


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८३ मा प्रकाशित




पोखरा १३ का वडाध्यक्ष किरण बरालले बाढी पीडितको राहतका लागि सहयोगको घोषणा गरेका छन् ।

पछिल्लो समय मुलुकले सामना गरिरहेको ठूलो प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगका लागि उनले आफ्नो मासिक पारिश्रमिक सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेका हुन् ।आफूले पाउने मासिक पारिश्रमिक बुधबारदेखि नै राहत कोषमा जाने उनले जानकारी दिए ।बुधबार मात्रै भोटेकोशी र त्रिशुलीमा आएको बाढीले जनधनको क्षति भएको भन्दै उनले विपद्का कारण धेरै परिवार प्रभावित भएको र उनीहरुलाई तत्काल राहतको आवश्यकता परेकाले पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने घोषणा गरेको बताए ।

सानो योगदानले साँच्चिकै राहतको आवश्यकता भएका नागरिकसम्म पुग्न सकोस् भन्ने उनको अपेक्षा छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।