गण्डकीमा सीप दक्षता प्रमाणपत्र लिनेको संख्या बढ्दो


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेशमा सीप परीक्षण गरेर दक्षता हासिल गर्नेको संख्या बढ्दै गएको छ ।

समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका अनुसार गत आर्थिक बर्षमा ३ सय ४९ जनाले सीप परीक्षण मार्फत दक्षता हासिल गरी प्रमाणपत्र लिएका छन् । यस्तो प्रमाणपत्र लिनेमा आ.व २०७९र०८० मा १ सय ३३ जना, आ.व २०८०र०८१ म १ सय ९४ जना रहेको उप–सचिव तोयानाथ लम्सालले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रममा उप–सचिव लम्सालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको नितिगत व्यवस्था, सीप परिक्षणका लागी तिन तहका सरकारले गर्न सक्ने काम र प्रदेशमा पूर्व सिकाइको मान्यताको आधारमा सीप परिक्षणको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

संघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कार्यक्रम समय सापेक्ष एवं महत्वपुर्ण रहेको वताउँदै यसले राज्य, निजि क्षेत्र र स्वयंम सीप र दक्षता भएर पनि अवसर पाउन सकेका व्यक्तिहरुका पनि लाभदायक हुने वताएका थिए । संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले बजारको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर तालिमहरु सञ्चालन गनुपर्नेमा जोड दिंदै उसो गर्न नसके अस्वस्थ प्रतिष्पर्धा जस्ता दुष्परिणाम निम्तने सक्ने वताएका थिए ।नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना गण्डकी प्रदेशका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको सान्र्दभिकता र पोखरा महानगरपालिका व्यवसाय प्रर्बद्धन केन्द्रका नवराज अधिकारीले सीप परिक्षा उर्तिण व्यक्तिहरु र रोजगारदाताका लागि अवसर विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि रोजगारिको क्षेत्रमा राज्यका सेवा सुविधाबाट बञ्चित भईरहेका व्यक्तिहरुका लागि कार्यक्रम फलदायी हुने वताउँदै यसबाट उद्योगी व्यवसायीहरु समेत लाभान्वित हुने वताईन् । अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य विरेन्द्रराज भुर्तेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।