राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।
मंगलबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले पुनर्विचारका लागि पठाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नैपर्ने कारणसहितको लिखित धारणा पठाउँदै रोक्न नमिल्ने जिकिर गरेका थिए् । उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेनले दुई पेजको लिखित टिप्पणी राष्ट्रपति पौडेलसमक्ष सोमबार नै पठाएका थिए।
प्रधानमन्त्रीको लिखित टिप्पणीपछि राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको स्रोतको दाबी छ । अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ । यसअघि राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने…






