समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल पुर्याउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको छ ।
उक्त अप्रेरसका क्रममा हालसम्म २०६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएको छ । यस्तै गत सोमबार राति बगर, टुँडिखेल, तेस्रापट्टि, बागलुङ बसपार्क, हरिचोक, बाटुलेचौर, लामाचौरलगायत क्षेत्रमा चलाइएको उक्त अप्रेसनका क्रममा २३ जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । सोमबार पक्राउ परेकामध्ये सात जनालाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ । सात जनालाई रु एक हजार जरीवाना तिराएर छोडिएको छ भने छ जनालाई आफन्तको जिम्मा लगाई तारेखमा लगाइएको हो । यस्तै तीन जनालाई जुवा मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्ने, जुवा खेलाउनेजस्ता अवैध गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको प्रनाउ बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अप्रेसन’ सञ्चालन गर्ने गरेको उनको भनाइ छ । लेकसाइडलगायत क्षेत्रमा गाँजाजन्य पदार्थ र मदिरा सेवन गरी रातिको समयमा होहल्ला गर्ने गरेको जनगुनासो बढेपछि प्रहरी विशेष अप्रेसन चलाएको हो । मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ ।
आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियाकलापमा संलग्न र चेकजाँचका क्रममा प्रहरीलाई उल्टै दुव्र्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले बताए । आपराधिक गतिविधि नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको उनको भनाइ छ । यस अभियानले निरन्तरता पाउने प्रनाउ बस्नेतले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुसंग लिएको शुल्क र छात्रबृत्तिका विषयमा…




