गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ज्ञाजराज शर्मा निर्वाचित भएका छन् ।
क्याम्पसको १६ औं साधारण सभा एवम् छैटौ अधिवेशनले शर्माको अध्उक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यहरुमा नारायण बराल,कृष्णप्रसाद लम्साल, इश्वरी लम्साल,दिपक राज बराल र विन्दु कार्की रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले शैक्षिक विकासका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै विद्यार्थीको रुचिको विषयमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
क्याम्पस प्रमुख धर्मराज बरालले सांगठनिक प्रतिवेदन पेश गर्दै त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरि सञ्चालनमा आएको क्याम्पसमा हाल वि.एड,वि.वि.एस,एम वि.एस,वि.एच एम,वि.आइ.ए. लगायतका विषयमा ८२५ जना विद्यार्थी अध्ययनरत रहेको बताए । आर्थिक बर्ष २०८१।०८२ मा क्याम्पस सञ्चालन खर्च एक करोड २० लाख ३८ हजार ८४२ भएको थियो भने विद्यार्थीवाट कूल ३ करोड ६४ लाख १६ हजार १९३ आम्दानी भएको कोषाध्यक्ष युवक लामिछानेले जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रा.डा. भुपति ढकाल, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला,वडा सदस्य विक्रम गुरुङ्ग, सल्लाहकार तिर्थराज अधिकारी, उपाध्यक्ष ऋतुराज लम्साल लगायतले शिक्षाको महत्व र क्याम्पसले खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





