गायत्री बहुद्धेश्यीय सामुदायिक सिकाई केन्द्रले अभिभावक केन्द्रित शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
महेन्द्र मावि, घार्मीमा आयोजित कार्यक्रममा पुर्व विद्यालय निरिक्षक लेखनाथ लामिछानेले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा मात्र सिमित नराखी असल अभ्यासमा पनि सहभागि गराउनु पर्ने बताए । उनले बालबालिकालाई असल बनाउने दायित्व परिवारमा रहेको बताउँदै, घर र समाजको वातावरण अनुशासित हुनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामिछानेले गुणस्तरीय शिक्षा उनीहरुको जन्मसिद्ध अधिकार भएको बताए । केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले वालवालिकालाई प्राविधिक शिक्षा मार्फत स्वाबलम्वि बनाउन सकिने बताए । उनले वालवालिकाको शिक्षा र स्वास्थयका क्षेत्रमा केन्द्रले स्थापनाकाल देखि नै बिभिन्न कार्यक्रम गर्दै आईरहेको जानकारी दिए ।
कार्यक्रममा सहभागि अभिभावकलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामिछाने सहित पुर्व प्रधानाध्यापक बासुदेव पौडेल, शिक्षक रत्ना विश्वकर्माले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकको भुमिकाका विषयमा प्रशिक्षण दिएका थिए । केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक नन्दराज दाहाल, केन्द्रका उपाध्यक्ष बैकुण्ठ पौडेल, परिचालिका पवित्रा पौडेलले विद्यालय र अभिभावक बिच हुने पारस्परिक सम्वन्ध र निरन्तर छलफलले शैक्षिक विकासमा टेवा पुर्याउने बताए ।
केन्द्रले यसअघि पनि त्यस क्षेत्रका विद्यालयलाई केन्द्रित गरी बिभिन्न कार्यक्रम संचालन गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल…







