सन्देश श्रेष्ठ
पोखरा, असार ३
पोखरामा ज्वाईंले सासुमाथि चक्कु प्रहार गरेका छन् । लमजुङको मध्यनेपाल नगरपालिका–२ स्थायी घर भएका ४३ वर्षिय ध्रुवराज अधिकारीले सासुआमा ४७ वर्षिया मुना तिवारीमाथि चक्कु प्रहार गरेका हुन् । उनले पोखरा–१७ विरौटास्थित राममन्दिर नजिक बुधबार अपराह्न ४ः११ बजे सासुमाथि अन्धधुन्ध चक्कु प्रहार गरेका थिए । ज्वाईंको चक्कु प्रहारबाट तिवारीको पेट, ढाड र छातीमा गम्भीर चोट लागेको छ ।
चक्कु प्रहारबाट घाईते भएकी तिवारीलाई तत्काल उद्धार गरेर स्थानिय नोभल अस्पताल पु¥याइएको थियो । उनको उपचार जारी रहेको कास्की प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी दिए । उद्धार गरेर नोभल अस्पताल पठायौं,उनले भने,‘उपचार जारी र अवस्था मध्यम छ ।’
चक्कु प्रहार गर्ने अधिकारीलाई स्थानियले तत्कालै नियन्त्रणमा लिएका थिए । उनको साथबाट चक्कुसमेत बरामद भएको डिएसपी पासवानले जानकारी दिए । लेनदेन विवादलाई लिएर अधिकारीले सासु तिवारीलाई चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘आर्थिक लेनदेनको विवाद रहेछ, थप अनुसन्धान भइरहेको छ’–उनले भने ।
पक्राउ परेका अधिकारीलाई हाल वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । उनलाई विहीबार जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरेपछि मात्रै थप अनुसन्धान शुरु हुने डिएसपी पासवानले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ३ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको…







