पहिलो ऐतिहासिक महाधिवेशनको संघारमा रहेको सत्तारुढ दल रास्वपाले बिभिन्न दलका शीर्ष नेतालाई पनि निम्ता गरेको छ ।
दुई ठूला दलका शीर्ष नेताहरू कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको स्रोतले जानकारी दिएको छ ।यही असार ७ गते चितवनमा हुन लागेको महाधिवेशनको उद्घाटनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ ।महाधिवेशन ९ गतेसम्म चल्नेछ ।
दुवै नेतालाई निमन्त्रणापत्र पुगिसकेको छ । तर सहभागी हुने कि नहुने भन्ने अझै निर्णय नभएको थापा र ओली निकट सचिवालयले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको कन्चन क्यापिटल प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६८ युनिट रगत संकलन…







