पोखरा, असार ५
पोखरा महानगरपालिकाले फिर्केखोला करिडोर, पोखरा बसपार्कलगायतका पोखरा महानगरपालिका भित्रका सार्वजनिक, ऐलानी, पर्ती जग्गा संरक्षण गर्ने जनाएको छ । पोखरा महानगरपालिकाको १९ औं नगर सभामा नगर उपप्रमुख मञ्जुदेवी गुरुङले सो जग्गाहरु संरक्षण तथा व्यवस्थापन गर्ने बताएकी हुन् । जसका लागि १० करोड रुपैया विनियोजन गरिएको उपप्रमुख गुरुङले बताईन् ।
हाल फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा अतिक्रमित संरचना हटाउने कार्य भइरहेको छ । फिर्केखोला करिडोर क्षेत्रका सबै संरचना भत्काएर छाडिएको छ भने पोखरा बसपार्कका केहि घर, टहरा भत्काइए पनि केहि संरचना भत्काउन बाँकी छ । ती जग्गाको संरक्षणसँगै सौन्दर्यकरण गर्ने नीति महानगरको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ५ पोखरा महानगरपालिकाले खेल पर्यटन प्रवद्र्धनका लागि ६६ लाख रुपैयाँ…







