पोखरा, असार १२
पोखरेली चर्चित व्याण्ड लेकालीको नया गीत ‘दुख्ने मुटु’ सार्वजनिक भएको छ । लेकाली व्याण्डका भोकलिष्ट नविन गुरुङको स्वरमा रहेको सो गीत शुक्रबार एक औपचारिक कार्यक्रम गरेर यूट्यूवमा सार्वजनिक गरिएको हो ।
लेकालीले सिरिजअन्तर्गत निर्माण गरेको सो गीतको म्यूजिक भिडियो ‘अर्को’ प्रोडक्सनबाट भएको हो भने निर्देशन रोहन नेपालीले गरेका छन् । म्यूजिक भिडियोमा कलाकार प्रज्वल क्षेत्री र कृतिका लिगल मुख्य भूमिकामा छन् । गीतले प्रेम र बिछोडलाई भावनात्मक रुपमा प्रस्तुत गरेको छ ।
म्यूजिक भिडियोको छायांकन मिलन शंकर, सम्पादन अर्को प्रोडक्सन र रंग संयोजन सुप्रिम पराजुलीले गरेका छन् ।
नविन गुरुङले नै सिर्जना गरेको गीतमा अमित गुरुङले एरेञ्ज र संगीत भरेका छन् । लेकाली व्याण्डमा नविनसँगै भाई गुरुङ, अमित गुरुङ, अनिल गुरुङ, मनोज बास्तोला र चाइनिज गुरुङ रहेका छन् ।
लेकाली व्याण्डका यो मुटुमा, पहिलो नजर, कहाँबाट शुरु गरौं, हाम्रो सम्बन्ध लगायतका गीतहरु चर्चित छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१२ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको…






