पोखरामा लागु औषधसहित ६ जना पक्राउ


     एभरेस्ट आवाज    
     असार १९ गते २०८३ मा प्रकाशित




पोखराका बिभिन्न स्थानबाट लागु औषधसहित ६ जना युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १० उत्तमचोक घर भई पोखरा १५ मा स्नुकर हाउस संचालन गर्ने जोन नाम गरेका गोविन्द थापा र जीवन भनिने रुमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागु औषध नियन्त्रण व्युरो पोखराबाट खट्टिएको टोलीले घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको १३ ग्रामब्राउन सुगर र स्रोत नखुलेको ६ लाख ७ हजार रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पोखरा १५ लक्षमीटोल बस्ने ज्ञाने भनिने सुमन गुरुङको साथबाट पनि ब्राउन सुगर ० दशमलव ३७ ग्राम, डिजिटल तराजु २ थान र मोवाइल १ थान बरामद गरिएको छ ।

लागु औषध नियन्त्रणमा खट्टिएको टोलीले बिहीबार पोखरा ३२ मजुवाबाट स्याङजा आधिखोला घर भएका बिनोद क्षेत्री र फेदिखोला बस्ने रेशम क्षेत्री पनि पक्राउ परेका छन् । पृथ्वीराजमार्गमा चेक जाँच गर्ने क्रममा वीरगंजबाट पोखरा आउदै गरेको ग २ ख १६९५ नं को बसबाट ६५ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिईएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए । चेकजाँच कै क्रममा बिहिबार नै पोखरा ३२ मजुवामा काकडभिट्टाबाट पोखरा आउदै गरेको ग.प्र.००१ ख ००३२ नं. बसलाइ चेकजाच गर्दा उक्त बसमा सवार बाँके कोहलपुरका सुरज सुनार पक्राउ परेका छन् ।

उनले सिटमुनी लुकाइ छिपाई १०५ ग्राम ब्राउन सुगर ल्याएको प्रहरीले फेला पारेको छ । पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।