पोखराको बाटुलेचौरमा राष्ट्रिय श्री कृष्ण भजन प्रतियोगिता हुने भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन यहि भदौं १९ गते शुक्रबार प्रतियोगिताको २७ औं श्रृङ्खला आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । प्रतियोगिता संचालनका लागि प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको संयोजकत्वमा मुल आयोजक समिति र बिभिन्न उपसमिति गठन भई तयारी तिब्र पारिएको प्रचार प्रसार उपसमितिका संयोजक सञ्जय थापाले जानकारी दिए । बाटुलेचौरको ऐतिहासिक खेल मैदानमा हुने प्रतियोगिताका लागि व्यवस्थापनको कार्य सुरु गरिएको छ । भजन समुहलाई पत्राचार देखि आर्थिक सहयोग संकलन कार्यलाई निरन्तरता दिईएको संयोजक बस्नेतले जानकारी दिईन् ।प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार, तृतीय हुने समुहले २५ हजार र सान्त्वना हुने समुहले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । सहभागी टिमलाई प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।प्रतियोगिताको द्वितीय पुरस्कार भने राष्ट्रिय परोपकार महासंघ, वडा ईकाइ समिति पोखरा १६ ले प्रायोजन गरेको छ ।
‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षपनि प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष बस्नेतले बताईन् । प्रतियोगितामा कृष्ण भजनसँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन प्रस्तुत गर्न पाईने उनले बताईन् ।
प्रतिष्ठानले राष्ट्रिय भजन प्रतियोगिताबाहेक अन्य साहित्य गोष्ठी, कार्यशाला र सेमिनारहरु पनि आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘प्रतिष्ठानले साहित्यिक धरोहर एवम् राष्ट्रिय व्यक्तिहरुको जीवन वृत्तान्त ‘समकालिन स्रष्टा र सिर्जना’ विशेष परिचर्चा कार्यक्रम पनि गर्दै आएको छ ।’प्रतिष्ठानले स्थापनाकालदेखि नै द्विवार्षिक रुपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदनचन्दा स्मृति पुरस्कार र लोक कवि चेतबहादुर स्मृति पुरस्कारसहित ४ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।
यसैबिच प्रतिष्ठानले ज्ञानु–नरहरी राष्ट्रिय साहित्यिक पुरस्कार पनि स्थापना गर्ने भएको छ । प्रतिष्ठानका मानार्थ सदस्य, साहित्यकार नरहरी भट्टराईको ८४ औं जन्मोत्सवको अवसरमा भाद्र ३ गते बुधबार पुरस्कार स्थापनार्थ अक्षयकोष हस्तान्तरण गरिने बताईएको छ । सोही दिन सहस्र पुर्ण चन्द्र दर्शन विशेष साहित्यिक कार्यक्रम गरिने संस्थाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान…





