ड्याडिज् किचनद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार सहयोग


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित




पोखरा ११ भदौ

नेपालको ठूलो चेन रेष्टुरेन्टका रूपमा विस्तार भइरहेको ड्याडिज् किचनले प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार सहयोग गरेको छ।

ड्याडिज् किचनका सञ्चालक कमलजंग कुँवरका अनुसार पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको हो।

पोखरामा मात्रै चार स्थानमा सञ्चालनमा रहेको ड्याडिज् किचनले लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा समेत सेवा विस्तार गरेको छ। हाल ड्याडिज् किचनका देशभर २८ वटा आउटलेट सञ्चालनमा रहेको सञ्चालक कुँवरले जानकारी दिनुभयो।

भोटेकोशी नदीमा आएको बाढी तथा अन्य क्षेत्रमा भएका विपद्बाट ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। ड्याडिज् किचनले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरेको जनाएको छ।

Screenshot


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।