पोखरा महानगरपालिका वडा नं. १६ मा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि वडास्तरीय समिति गठन भएको छ ।
बाल तथा महिला ससक्तिकरण समाज नेपाल, कास्कीको संयोजन र वडा कार्यालयको आयोजनामा भएको भेलाले वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाको अध्यक्षतामा ११ सदस्यीय स्थानीय समिति गठन गरेको हो । समितिको सदस्यमा महिला जनप्रतिनिधि राजकुमारी बानियाँ, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, अर्मला प्राथामिक स्वास्थ्य केन्द्रका रेनुका पाण्डे, दलित अधिकारकर्मि ओममाया नेपाली, महिला समुहकी तारा भट्टराई, बाल क्लवका कृपन बास्तोला,लामाचौर सिआरभिका विदुर खत्री र मनोनित सदस्यमा शोभा आचार्य छन् । समितिको सदस्य सचिवमा वडा सचिव कुल प्रसाद पौडेल रहेको वडाका सहायक प्रशासकिय अधिकृत श्रीराम पौडेलले जानकारी दिए ।
आस्था परियोजना अन्र्तगत गठन भएको सो समितिले स्थानीय स्तरमा मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतना जगाउने,वडाभित्र जोखिममा रहेका व्यक्तिको उद्धार गर्ने, बेचविखन प्रभावितका लागि राहतकोष स्थापना तथा संचालन गर्ने लगायतका काम गर्ने बताईएको छ । यसअघि भेलामा बोल्दै वडा सदस्य राजकुमारी बानियाँले मानव बेचविखन जस्तो बिषय आफैमा संवेदनशील रहेको बताउँदै, यसको नियन्त्रणका लागि सबै पक्ष जागरुप हुनुपर्नेमा जोड दिईन् । उनले वडाभित्र यस्ता किसिमका समस्या देखिएमा समस्या समाधान गर्न समितिले सक्रियता पुर्वक भुमिका निर्वाह गर्ने अपेक्षा गरिन् ।वडा सदस्य रामचन्द्र आचार्यले समाजमा देखिने यस्ता घटना न्युनिकरणका लागि बिभिन्न संस्थाको समन्वयमा सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । बाल तथा महिला ससक्तिकरण समाज नेपालका परियोजना प्रमुख ईन्दिरा पराजुलीले संस्थाले गरेका गतिविधीको जानकारी गराउँदैं, मानव बेचविखन जस्तो जघन्य अपराधका विरुद्ध सबैको प्रयासले मात्र सार्थकता पाउने स्पष्ट पारिन् । उनले अभियान अन्र्तगत पोखराका ३३ वटै वडामा स्थानीय समिति गठन भएको जानकारी दिईन् ।
वडा सदस्य राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा कार्यालयका सहायक प्रशासकिय अधिकृत श्रीराम पौडेलले गरेका थिए । हाल संस्थाले समितिको सिफारिस बमोजिम मानव बेचविखनमा परेको व्यक्ति वा परिवारलाई सिपमुलक तालिम र आय आर्जन मार्फत जिविकोपार्जनका लागि सहयोग गदै आईरहेको जनाईएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. १६ मा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि…





