पोखराका पर्यटन व्यवसायीलाई धम्काएर रकम माग गर्ने २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
विगत १ महिनादेखी पृथ्वीचोक, लेकसाईड लगायतका क्षेत्रमा व्यवसाय संचालन गर्दै आएका पर्यटन व्यवसायीलाई ह्वाट्स एप नम्बर मार्फत त्रसित गराई रकम माग गर्ने धनकुटा घर भई पोखराको लेकसाईडमा बस्दै आएका प्रेम थापा र सुनसरीको ईटहरी घर भई हाल लेकसाईड मै बस्ने पकंज खड्का शुक्रबार दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खट्टिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानका क्रममा डिहीकोपाटनबाट नियन्त्रणमा लिएको जनाईएको छ ।
उनीहरुले ह्वाट्स एप नम्बर मार्फत व्यवसायीलाई फोन तथा म्यासेज गरी जनधनको क्षति पुर्याउने, अपहरण गर्ने, दुर्घटना घटाउने लगायतका त्रासपूर्ण डर धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको उद्धार, उपचार…





