तस्बीरः एजेन्सी
‘कोभिशिल्ड’ खोप लगाउन सुरु भएको दोस्रो दिन बिहीबार गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३ जनाले खोप लगाएका छन्।
यस प्रदेशसँगै देशभर बिहीबार २८ हजार ७ सय ३२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार बेलुकी ५ बजेसम्म सो संख्यामा खोप लगाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जनाएअनुसार प्रदेश–१ मा ३ हजार ८ सय ४७, प्रदेश–२ मा २ हजार १ सय ७४, वाग्मती प्रदेशमा ११ हजार ४ सय ६१, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जना रहेका छन्।
खोप लगाएको दोस्रोा दिन बिहीबारसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन्।
खोपको मात्रा ०.५ मिलिलिटर (मिली) प्रदान गरिनेछ। त्यसपछि पहिलो खोप लगाएको ४ हप्तापछि अर्को मात्राको खोप दिइनेछ। खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइनेछ।
भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको छ। खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, १ सय २० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका ३ सय वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







