भीरकोट–पोखरा सामीप्य सदन मुना–कृष्ण अक्षयकोष स्थापना, चार विधामा पुरस्कार दिईने


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित




पोखरा । भीरकोट–पोखरा सामीप्य सदनले भीरकोट–पोखरा सामीप्य सदन मुना–कृष्ण अक्षयकोष स्थापना गरेको छ ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थायी घर भई हाल पोखरा–१७ विरौटा निवासी नेपाल सरकारका विशेष प्रहरी विभागका निवृत्त कायममुकायम प्रमुख कृष्णप्रसाद शर्मा रेग्मीले आफ्नी दिवंगत श्रीमती मुना शर्मा रेग्मीको स्मृतिमा ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

भीरकोट–पोखरा सामीप्य सदनले सञ्चालन गर्नेगरी अक्षयकोष स्थापना गरिएको सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले जानकारी दिए ।

उक्त अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजबाट सदनले वार्षिक रुपमा चार जना फरक÷फरक क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई पुरस्कृत गर्ने भएको छ । जस अनुसार साहित्य, कला र संस्कृति, शिक्षा, स्वास्थ्य र खेलकुद, कृषि तथा पशुपन्छी र समाजसेवामा महत्वपूर्ण योगदान पु¥याउने चार जनालाई वार्षिक रुपमा पुरस्कृत गरिने उनले बताए । पुरस्कारको राशी केहि समयपछि सार्वजनिक गरिने उनको भनाई छ ।

भीरकोट–पोखरा सामीप्य सदन स्याङ्जाको भीरकोटबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था हो । २०७४ मा स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष रेग्मीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।