काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभर एक बलमा नौ विकेट गुमाएर भेटायो ।
काठमाण्डौका प्रतिक श्रेष्ठले सबैभन्दा धेरै ३९ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । विराटनगरका लागि राजेश पुलामी मगरले सबैभन्दा धेरै २५ रन बनाए । काठमाण्डौका गेराल्र्ड इरासमसले तीन विकेट लिए । यस्तै दिपेश कँडेलले दुई विकेट लिए । शाहव आलम, करन केसी र डन डाउथवेटले समान एक विकेट लिए ।
यो जीतसँगै काठमाण्डौले प्लेअफ सम्भावना कायमै राखेको छ । भोलि सोमवार कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउँनेछ । यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आठ टोलीमध्ये जनकपुर प्लेअफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ, सुदूरपश्चिम र कर्णाली गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







