पोखरा, पुस २
पोखरेली उद्योगी व्यवसायीहरुले पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ ? भन्दै मन्त्रीलाई प्रश्न गरेका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीले शनिबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याललाई पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन भएपनि अन्र्तराष्ट्रिय उडान हुन नसकेपछि यस्तो प्रश्न गरेका हुन् । जवाफमा मन्त्री बस्यालले भने संघर्ष नगरी पोखराबाट अन्र्तराष्ट्रिय उडान हुने सम्भावना नदेखेको बताए ।
कार्यक्रममा बोल्दै कस्मेटिक एशोसियसन कास्कीकी अध्यक्ष दुर्गा बरालले अर्बौं खर्चेर बनाएको पोखरा विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान किन नभएको भनेर प्रश्न गरिन् । उनले भनिन्,‘पोखरा पर्यटनको राजधानी हो । अर्बौं खर्चेर एअरपोर्ट बनाइएको छ तर किन अन्र्तराष्ट्रिय उडान हुन नसकेको हो ? ।’
संस्थाका संस्थापक कोषाध्यक्ष कमल बस्नेतले पोखरा एअरपोर्टलाई सुनको थाली बनाइएको टिप्पणी गरे । बनाएको एअरपोर्टपनि नचलाउने हो भने किन बनाइएको हो ?,उनले भने,‘यसलाई सुनको थालीजस्तो नबनाइयोस् ।’
सल्लाहकार प्रवेशचन्द्र उप्रेतीले एउटामात्रै अन्र्तराष्ट्रिय उडान गर्न सक्ने भएपनि त्यसले पर्यटनसँगै उद्योग, व्यापारमा सकारात्मक प्रभाव पार्ने बताए । तर अर्बौं खर्च गरेर बनाइएको एअरपोर्टबाट अन्र्तराष्ट्रिय उडान हुन नसक्नु दुःखद भएको उनले बताए । ‘राज्यले ऋण गरेर बनाएको एअरपोर्ट चल्न नसक्नुको कारण के हो ? किन चलाउन प्रयास गरिएको छैन’–उनले भने ।
अर्का सल्लाहकार विष्णुप्रसाद बास्तोलाले एअरपोर्ट नचलाउन अनेकथरीका हल्ला चलाइएको हुनसक्ने बताए । कहिले गहिरोमा बनाइएको भनिन्छ त कहिले ठूला जहाज चल्न नसक्ने भनेर हल्ला चलाईन्छ,उनले भने,‘अन्र्तराष्ट्रिय उडान होला र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ला भनेको त हल्लामा मात्रै सिमित गरिएको छ ।’
संस्थाका उद्योगतर्फका उपाध्यक्ष नवराज आचार्यले पोखराबाट अन्र्तराष्ट्रिय उडान गर्ने वातावरण मिलाउन आग्रह गरे । त्यसो गर्न सकेमा पर्यटनसँगै उद्योग र व्यापार फस्टाउने उनको भनाई थियो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले भने फेरी एकपटक संघर्ष नगरी पोखराबाट अन्र्तराष्ट्रिय उडान नहुने स्पष्ट रुपमा बताए । पोखरामा अन्र्तराष्ट्रिय एअरपोर्ट आन्दोलन गरेरै बनाइएको हो,उनले भने,‘अब अन्र्तराष्ट्रिय उडान गर्नपनि संघर्ष नगरी चल्दैन । त्यसका लागि तयार हुनुस् ।’ उनले एकपटक सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी छलफल गरेर काम बाँडफाँट गर्नुपर्ने भन्दै उनले सरकारको तर्फबाट गर्नुपर्ने सबै काम आफूले गर्ने बताए । रुट ल्याउनेदेखि उडान भर्नेसम्म म मिलाउँछु,उनले थपे,‘नीजि क्षेत्रले कहाँ उडान भर्न लगाउने हो ? प्यासेञ्जरको सम्भावना कहाँ छ ? त्यसको खोजीपनि गर्नुपर्छ ।’
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले एयरपोर्ट नचल्दा पर्यटनसँगै उद्योग र व्यापारमापनि असर पुगेको बताए । नीजि क्षेत्रले बनाउनपनि भूमिका खेलेको र अब चलाउनपनि भूमिका खेल्न तयार रहेको उनको भनाई थियो । उनले अर्थतन्त्रमा देखापरेको आर्थिक मन्दीका कारण उद्योगी, व्यवसायीको अवस्था अप्ठ्यारो रहेकोसमेत उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा एअरपोर्टबाट अन्र्तराष्ट्रिय उडान सञ्चालन गर्नका लागि पोखरेलीहरु एकजुट हुनुपर्ने बताए । नागरिक उड्डयन प्राधिकरणले पोखराबाट अन्र्तराष्ट्रिय उडान गर्ने बल पास नीजि क्षेत्रलाई दिएको बताए । प्राधिकरणका महानिर्देशकको भनाई उद्धृत गर्दै भन्दै उनले भने,‘पोखराबाट कहाँ उडान गर्ने हो ? दुबई, कतार वा चीन उडान गर्ने हो ? त्यसका लागि कति प्यासेञ्जर हुन्छ भन्नूस्, म जनवरीमै उडान भर्ने व्यवस्था मिलाई दिन्छु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







