सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




पुस ५ काठमाण्डौं । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो ।

उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।

अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले आफू सदैव तस्करबिरुद्धको लडाई जारी रहने बताए ।

उनले आफूलाई अदालतले न्याय दिएको बताए । त्यस्तै, उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।