लेखनाथ महोत्सव : हाजिरी जवाफमा जोडिँदै आमाहरु


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८१ मा प्रकाशित




पौष २१ पोखरा । कास्कीको लेखनाथमा जारी २० औ सस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुहका विच राखिएको हाजिर जवाफ प्रतियोगिताको तयारीमा यस क्षेत्रका आमा समुह लागी परेका छन् ।

घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले लेखनाथ उद्योग वाणिज्य संघले आमा तथा महिला समुहका विच राखेको हाजिरी जवाफ प्रतियोगितामा भाग लिएर त्यसको तयारीमा साँझ विहान जुटेका हुन् ।

हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यस पटक आमा तथा महिला समुहका विच राखेको हाजिर जवाफ प्रतियोगिताले आमाहरुलाई सामान्य ज्ञानको खोजी गर्दै प्रतियोगितामा सोधिन सक्ने सम्भावित प्रस्नहरुको तयारीमा आन्तरिक देखि समुहगत रुपको तयारीमा जुटेका हुन् ।

संघले यस पटक आमा तथा महिला समुहको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने गरि राखेको हाजिरी जवाफ प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समुह मध्यबाट प्रत्येक दिन चार समुहका विच प्रतिस्पर्दा गरि आठ समुहलाई सेमिफाईनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भएको कार्यक्रम संयोजक प्रभा लामिछानेले जानकारी दिइन् ।

सहभागी समुहहरुलाई विषयगत प्रस्न देखि महिलाहरुको जिवनमा प्रयोग हुने विषय वस्तुलाई समेटेर धर्म, संस्कृती, साहित्य, स्थानिय निकाय, विश्व परिपेश देखि राजनितीकदेखि साविक लेखनाथ नगरपालिका र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रश्न तयार गरिएको छ भने अहिलेसम्म २४ समुहका बिच भएको प्रतिश्पर्दामा प्रश्न उत्तरको तारतम्वे मिलेको देखिएको छ ।

यसैविच प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समुहका बिच हुने फाईन चरणको प्रतिश्पर्दा हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार ,द्वितियले २० हजार, तृतियले १५ हजार र सान्त्वनाले १० हजार र बाँकी चार समुहले पाँच/पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आईतबार भएको प्रतिस्पर्धामा सरस्वती सामुदायिक महिला समहु पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमाको चौथो दिन आईतवार सात हजार दर्शकहरुले अवलोकन गरेको र २० लाख बराबरको आर्थीक कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन् ।

यसैबिच, महोत्सवको थप आकर्षणको रुपमा रुपमा रहेको रत्यौली गीत प्रदशनीमा उज्ज्वल आमा समुह पोखरा २६ को प्रस्तुती रहेको संयोजक गंगा मल्लले जानकारी दिइन् । विभिन्न जात जातीको स्टेज प्रस्तुतीमा भुजेल समाज लेखनाथको प्रस्तुती रहेको कार्यक्रम संयोजक बुद्धिमाया थापा मगरले जानकारी दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।