पोखरा, माघ ६
पोखरा पर्यटन परिषदको आयोजनामा आज पोखरामा प्रथम दाईं महोत्सव गरिएको छ । पोखरा–२३ फेवा फाँट, मार्गी (पामे)मा आयोजित महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिं गुरुङले उद्घाटन गरेका थिए ।
यसअघि गत असार १५ गते भएको रोपाईं महोत्सव भएकै स्थानमा गरिएको रोपाईं महोत्सवमा १० वटा गोरु लगाएर दाईं गरिएको हो । महोत्सवमा धान चुट्ने, धानको राश बनाउने, धान बत्ताउनेदेखि दाईं गर्नेसम्मका कार्य गरिएको थियो ।
महोत्सवको अवसरमा दाईंमा सहभागी हुनेहरुलाई परम्परागत दाईंको झल्को दिन खाजा र खानापनि परालमाथि र बारीको पाटामा बसेर खान दिइएको थियो । दाईं महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटकपनि सहभागी भए । परम्परागत दाईं महोत्सवको अवलोकनका लागि पोखराका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीपनि पुगेका थिए ।

पर्यटन सबै मौषमका लागि भन्ने नारासहित भएको दाईं महोत्सव माघमा गरिएको भन्दै सामाजिक सञ्जालमा भने आलोचना गरिएको छ । मंसिरमा गर्नुपर्ने दाईं माघमा आएर गर्दा त्यसले संस्कृतिमाथि नकारात्मक पार्ने भन्दै नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेललेसमेत सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् ।
तर पर्यटन परिषद पोखराका अध्यक्ष तारानाथ पहारी भने परम्परागत शैलीमा दाईं गरी खेती भित्राउने कार्यलाई पर्यटक र नया पुस्तामा देखाउने उद्देश्यले माघमा भएपनि दाईं महोत्सव गरिएको बताए । यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाई छ । दाईं महोत्सवले पोखरा सबै मौषमका लागि उपयुक्त रहेको सन्देश दिदै पोखरालाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सघाउँछ भन्ने हाम्रो विश्वास हो,उनले भने,‘यसले परम्परागत शैलीमा दाईं गरेर खेती भित्राउने संस्कृतिबारे नया पुस्तालाई बुझाउनपनि सघाउँछ । साथसाथै पोखराको ब्राण्ड जेठो बुढो धान संरक्षणमापनि मद्दत गरोस् भन्ने चाहना हो ।’ गबारोले जेठो बुढो धान सखाप बनाउँदापनि किसानलाई कतैबाट सहयोग नपुगेकाले सरकारी अधिकारीहरुलाई खेती हुने ठाउँमै लगेर जेठो बुढो धानको उत्पादनमा परेको असर र संरक्षणका लागि गरिने कार्यहरु बुझाउने प्रयास गरिएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







