माघ ७ काठमाण्डौं । सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए ।
यसैबीच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ती हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने शिक्षा मन्त्री विद्या भट्टराईले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ भदौ । कास्कीको रुपा गाउँपालिका–२ माझकोटमा दोस्रो खेम गुरुङ स्मृति…





