पोखरा । पोखराको नयाँ बजारमा आयोजित मेला परिसरमा आयोजित रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको छ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र जारी ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१’ को अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४३ यूनिट रगत संकलन भएको हो ।
नेपाल मोवाइल वितरक संघ गण्डकी, इलेक्ट्रोनिक्स व्यवसाय संघ,क्यान कास्की र सिएआइटी नेपालले संयुक्त रुपले आयोजनामा भएको सो रक्तदान कार्यक्रमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता चिन्तामणि खरेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात गरे ।
मोवाइल बितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठ इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेल, क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर तथा सिएसआइटीका अध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको मोवाइल वितरक संघ गण्डकीका सचिव विनोद केसीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







