पोखरा, माघ १६
पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघ कास्कीले बुधबार आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । संघ कास्कीले बुधबार पोखरा–१३ स्थित भद्रकाली मन्दिर परिसर सरसफाई गरेर स्थापना दिवस मनाएको हो ।

सरसफाईमा संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुसहित संघमा आबद्ध इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायीहरु सहभागी भएको अध्यक्ष चिन्तामणी पोखरेलले जानकारी दिए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको बताए ।
सो अवसरमा संघका कास्की अध्यक्ष चिन्तामणी पोखरेलको बुधबार नै जन्म दिन परेकाले उनलाई शुभकामनासमेत प्रदान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







