पोखरा, फागुन ४
साटो ब्राण्डको गण्डकी प्रदेशको लागि आधिकारीक बिक्रेता एबीसीएल सप्लायर्स प्रालि पोखरा बनेको छ । । भारतमा उत्पादन हुने साटो ब्राण्डका सामानहरुको पोखरा र गण्डकी प्रदेशको आधिकारिक बिक्रेताका रुपमा एबीसीएल सप्लायर्स बनेको हो । जसको बिक्री केन्द्र पोखराको पस्र्याङमा रहेको छ । नेपालका लागि भने साटोको आधिकारीक बिक्रेता ट्राईनोक्स कम्पनी काठमाण्डौं हो । जसले गत असोजमा घटस्थापनाको अवसर पारेर काठमाडौंमा विक्री शुभारम्भ गरेको थियो ।
साटो ब्राण्डका उत्पादनहरु टाँस्ने र जोड्ने काममा प्रयोग हुने गर्दछ । ट्राईनोक्स कम्पनीका प्रेसिडेण्ट सेल्स एण्ड मार्केटिङ प्रमुख विवेक शर्माले गण्डकी प्रदेशको आधिकारिक विक्रेताका रुपमा रहेको एबीसीएल सप्लायर्स प्रालि पस्र्याङका सञ्चालकलाई साटो ब्राण्डका सामानहरु हस्तान्तरण गरेर व्यवसायीक कारोबारको शुभारम्भ गरे ।
साटोको उत्पादन श्रृङखलामा विभिन्न प्रकारका चिपकने सामाग्रीहरु समावेश रहेको जनाइएको छ । जसमा अर्काइलो, एक्सट्रीम, ओसियन, इलाइट र डिलक्स जस्ता उच्च गुणस्तरीय उड एडहेसिवहरु रहेको ट्राईनोक्स कम्पनीका प्रेसिडेण्ट सेल्स एण्ड मार्केटिङ प्रमुख विवेक शर्मा जानकारी दिए । उक्त उत्पादनहरु विशेष रुपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएको उनको दाबी छ । जसले विभिन्न प्रकारका सामाग्रीहरुलाई मजबुद र दीर्घकालस्न जोड गर्न सक्षम बनाउने उनले बताए । साटो उत्पादनहरको विशेषताहरुमा क्रसलिंकिंङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामाग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी थ्री वाटरपु्रफ समावेश गरिएको उनले जानकारी दिए ।
क्रसलिंकिंङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायीत्वमा बृद्धि गर्ने २ प्रतिशत अतिरिक्त ठोस सामाग्रीले अधिकतम पकड र टिकाउपन प्रदान गर्ने, उच्च कभरेजले कम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट कार्य प्रदर्शन गर्ने र चाँडै सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउन र डी थ्री प्रमाणिकरणले जलप्रतिरोधी गुणस्तर सुनिश्चित गर्ने कम्पनीका सञ्चालक अवदेशप्रसाद सिंहले जानकारी दिए । गुणस्तरमा कडा नियन्त्रणका साथ उत्पादनको हरेक चरणमा कच्चा पदार्थको निरीक्षणदेखि अन्तिम उत्पादनको मूल्यांकन सम्म साटोले उच्च गुणस्तरीय परीक्षणहरु गरिरहेको उनको भनाई छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले यूरोपियन स्टाण्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरु समेत प्राप्त गरेको कम्पनीको दाबी छ ।
साटो ब्राण्डले विश्वभरका ग्राहकहरुको मन जित्दै छोटो समयमै लोकप्रिय भएको र भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालमा आफ्नो बजार विस्तार गरेको र घर घरमा समेत प्रचलित नाम कमाएको ट्राईनोक्स कम्पनीका प्रेसिडेण्ट सेल्स एण्ड मार्केटिङ विवेक शर्माले बताए ।
अत्याधुनिक उत्पादन एकाइहरु र उच्च स्तरीय प्रविधिको प्रयोग गर्दै साटोले मिक्सिंग, ब्लेन्डिंग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरु सुनिश्चित गरेको कम्पनीले जनाएको छ । अनुसन्धान र बिकासको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै साटोले नयाँ चिपकने उत्पादनहरुको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको समेत शर्माले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







