एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङलाई एनटीएचएमसीको सम्मान


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०८१ मा प्रकाशित




पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी)को २५ रजत वार्षिकोत्सवको अवसरमा तमु धिं नेपालका संस्थापक अध्यक्ष सञ्चार उद्यमी कर्मकुमारी गुरुङ सम्मानित भएकी छन् । एनटीएचएमसीले कलेजको स्थापना कालदेखि निरन्तर बोर्ड सदस्यमा रहेर कलेज सञ्चालनमा महत्वपूर्ण योगदान गरेको भन्दै एमरेस्ट एफएम र एमरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको एभरेस्ट मिडिया हाउसकी अध्यक्ष गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही अवसरमा गुरुङसहित निरन्तर बोर्डमा रहेर योगदान गरेका जयराम हमाल, नारायणप्रसाद द्वा, विनोद वैद्य लगायतलाईपनि सम्मान गरेको एनटीएचएमसीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष पालिखेलाई भने सप्राईज अवार्ड प्रदान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।