पोखरामा स्कुटर जलाउने ५ जनासहित ८ जना पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित




पोखरामा स्कुटर जलाउने र स्कुटर चोरी गर्ने दुई समूहका ८ जना पक्राउ परेका छन् । पोखरामा यहि चैत १३ गते राती पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरिराखेको ग.११ प. ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले दीनेश गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये गुरुङको मात्रै पहिचान खुलाइएको छ । उनी गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्दै आएको प्रहरीको भनाई छ । अन्य ७ जना भने १३ वर्ष देखी १६ बर्ष उमेर समुहका) नाबालक रहेकाले पहिचान नखुलाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुलाई चैत १६ गते नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले ग ८ प ५४२९ नम्बरको रातो रंगको डियो, ग ९ प ८३२८ नम्बरको कालो रंगको डियो, ग ८ प ७०९१ नम्बरको रातो रंगको डियो स्कुटर, ग ८ प ३०५३ नम्बरको रातो रंगको डियो स्कुटर, ग १३ प १५०४ नम्बरको सेतो रातो रंगको स्कुटर, ग १० प ७५४९ ग ८ प ३१४९ नम्बरको डियो स्कुटर, ग १३४० नम्बरको सेतो कालो रंगको डियो स्कुटर, ग ६ प ३००० नम्बरको डियो स्कुटर बरामद गरेको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।