पोखरा । एयरपोर्ट टोल विकास संस्थाको अध्यक्षमा संगिता गौतम तिमिल्सिना चयन भएकि छन । पोखरा-८ स्थित एयरपोर्ट टोल विकास संस्थाको शनिबार सम्पन्न बिसौं वार्षिक साधरणसभा तथा नवौं अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा शोभा शर्मा, उपाध्यक्ष सरला लामिछाने अधिकारी, सचिवमा आशु गुरुङ, कोषाध्यक्षमा रिना थापा, सह-सचिवमा आशा जिसी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा माया रिमाल, सबिता गुरुङ, सबिना पाईजा, लिलाकाजी गुरुङ, अम्बिका रेग्मी, कल्पना बडगामी, भगवती घिमिरे, पूर्ण माया नकर्मी र राजकुमारी गुरुङ चयन भएको निवर्तमान अध्यक्ष श्याम बहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको पोखरा-८ का वडा सदस्य पवित्रा केसीले उद्घाटन गरेकि थिइन । कार्यक्रममा बोल्दै वडा सदस्य केसीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै टोलको विकासमा लाग्न आग्रह गरिन् । संस्थाका अध्यक्ष श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सरला अधिकारीले गरेकि थिइन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







