कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित




फाईल तस्बिर ।

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख २ हजार ३ सय २ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ११ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ।
सोही अवधीमा ४ लाख ३२ हजार ३ सय ३२ कोरोना संक्रमित थपिएका छन्।

तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३ सय १ जनामा कोरोना संक्रमण भइसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।