कास्कीका २५२ सहित गण्डकी प्रदेशमा ३३५ जना आइसोलेनमा


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसका सक्रिय संक्रमितको संख्या ३३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै आइसोलेसनमा रहनेको संख्या घेटेको हो ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा २५२ जना सक्रिय संक्रमत छन् । यस्तै बाग्लुङमा २४, तनहुँमा १६ , म्याग्दीमा १४, पर्वतमा १३, लमजुङमा १०, स्याङ्जामा ३, गोरखामा २, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा एक जना छन । मनाङ र मुस्ताङमा सक्रिय संक्रमितको संख्या शून्य रहेको निर्देशनालयद्वारा मंगलबार कोभिड १९ सम्बन्धी अध्यावधिक विवरणमा भनिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका मध्य कास्कीका २५, पर्वत र बाग्लुङका ३–३, स्याङ्जाका २ र म्याग्दीका एक जना छन् ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ७३० पुगेको छ । तिमध्य १५ हजार १९२ जना कोरोना संक्रमण मुक्त भएको निर्देशनालयले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट २०३ जनाको मृत्यु भएको छ ।

प्रदेशभर हालसम्म एक लाख २८ हजार १४० जनाको पिसिआर परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।