गण्डकी प्रदेशका ३१४ जना आइसोलेसनमा, १५ हजार बढी कोरोना भाइरस संक्रमण मुक्त


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा हालसम्म १५ हजार २६० जना कोरोना भाइरस संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका ३२ जना संक्रमण मुक्त र २१ ज्नामा कोरोना भाइरस संक्रमणको पुष्टि छ ।

विभिन्न जिल्लाका १०८ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका १९, पर्वत र स्याङ्जाका एक–एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा कोभिड–१९ सम्बन्धि गण्डकी प्रदेशको अध्यावधिक विवरणमा भनिएको छ ।

यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ७७७ पुगेको छ ।

यस्तै ३१४ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । ति मध्य २९६ जना होम आइसोलेसनमा छन् ।

कोरोना भाइरस संक्रमणबाट प्रदेशका २०३ जनाको ज्यान गएको छ ।
हालसम्म एक लाख २८ हजार ४२८ जनाको पिसिआर परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।