संस्थाले सञ्चालन गरेको ‘शिशु स्याहार परामर्श तथा विकास परियोजना’बारे नेलम्बो नेपालले गर्यो छलफल


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ १२

नेलम्बो, नेपालद्वारा सञ्चालित शिशु स्याहार परामर्श तथा विकास परियोजनाबारे छलफल भएको छ । नेलम्बो नेपालले सञ्चालन गर्दै आएको सो परियोजनाबारे टोल विकास संस्था, आमा समूह तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुसँग परियोजनाको उद्देश्य र कार्यक्रमबारे अन्तरक्रियात्मक छलफल गरिएको हो ।

परियोजनाबारे सुझाव संकलन गर्ने हेतुले आयोजित कार्यक्रममा परियोजनाका प्रमुख एवम् संस्थाका पार्टनरसिप तथा कम्युनिकेसन संयोजक निर्मला देवकोटाले सहजीकरण गर्दै शिशु स्याहार परामर्श तथा विकास परियोजनाबारे जानकारी दिएकी थिईन् । परियोजनाले शिशुको जन्म पूर्व (गर्भावस्था) र जन्मेको ६ बर्ष सम्मका बालबालिका तथा उनीहरुका अभिभावकहरुका लागि बालबालिकाहरुको नियमित पालनपोषण, स्याहार, विकास, संरक्षणसँगै शिक्षालगायतका हक अधिकार बारे जानकारी दिनुका साथै आवश्यक परामर्श समेत प्रदान गर्ने उनले बताईन् ।

बालबालिकाले खेल्दै सिक्ने वातावरणका लागि परियोजनाले बनाएको नमूना कक्षा कोठा

नेपालको संविधान–२०७२, राष्ट्रिय कानून तथा संयुक्त राष्ट्रसङ्घीय बालअधिकार सम्बन्धी महासन्धि–१९८९ अनुसार सबै बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागी हुन पाउने अधिकार सुनिश्चित गरेकाले सोही प्रतिबद्घता अनुसार बालबालिकाको अधिकार सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको उनले प्रस्ट्याईन् ।

परियोजनामार्फत बालबालिकाहरुको नियमित पालन पोषण, स्तनपान, स्याहार, विकास, स्वास्थ्य तथा संरक्षणको बारेमा उनीहरुका अभिभावक र संरक्षकहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको उनले जानकारी दिईन् । जस अनुसार बालबालिकालाई आवश्यक पोषणयुक्त खाना बनाउने तथा खुवाउने ज्ञान तथा सिप अभिवृद्धि गर्ने, उमेर अनुसार उत्प्रेरणा तथा अन्तरव्रिmया गर्ने सिप अभिवृद्धि गर्ने, बालबालिकालाई स्वास्थ्य, स्याहार र सरसफाई गर्ने सिप अभिवृद्धि गर्ने, बाल केन्द्रित व्रिmयाकलाप र खेल, खेलौनासहितको वातावरण उपलब्ध गर्न प्रतिबद्ध गराउनुका साथै अभिभावक भेला, दैनिक परामर्श, र केही अत्यावश्यक सामग्रीहरु पनि वितरण गरी बालबिकासमा टेवा पु¥याउने लक्ष्य लिई कार्य सम्पादन गर्दै आएको उनले बताईन् ।

संस्थाले आईतबारदेखि बिहिबारसम्म १० बजेदेखि ४ बजे सम्मको समयमा परामर्श दिने गरेको संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत शमिका बस्नेतले जानकारी दिईन् । उनका अनुसार अभिभावकले सो समयमा आवश्यक परामर्श लिन सक्नेछन् । जसका लागि अग्रिम नामसमेत दर्ता गराउन सक्ने उनले बताईन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष एकदेव देवकोटाको विशेष उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।