पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन हुने वातावरण मिलाउन पोखरा पर्यटन परिषदको आग्रह


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०८२ मा प्रकाशित




पोखरा, १८ जेठ ।

पोखरा पर्यटन परिषदले पर्यटक बसहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिन आग्रह गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारीले आईतबार एक विज्ञप्ती जारी गर्दै पर्यटक बसमा गरिएको अवरोधप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तीमा पर्यटक बसमा गरिने अवरोधले आन्तरिक तथा बाह्य दुबै किसिमका पर्यटकहरुमा नकारात्मक सन्देश जाने भएकाले निर्वाध रुपमा सञ्चालन गर्न दिन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

पर्यटन क्षेत्र समृद्धिको आधार मध्येको एक भएकाले पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनु सबैको उत्तिकै साझा दायित्व हो,विज्ञप्तीमा भनिएको छ,‘बन्द नै समाधान होईन । विगतका सबै बन्द हड्तालमासमेत निर्वाध रुपमा चलेका पर्यटक बसहरु अहिलेको आन्दोलनमा पनि निर्वाध रुपमा सञ्चालन गर्न दिन सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँछौं ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।