विश्व वातावरण दिवसमा बृक्षारोपण


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०८२ मा प्रकाशित




विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २१ को फुर्सेखोला टोल विकास संस्था अन्तर्गतको दसमुरेमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।

फुर्सेखोला टोल बिकास सस्थाको अगुवाइमा, डिभिजन बन कार्यालयको सहयोग, एबम टोलबासी नागरिकहरुको सक्रिय सहभागीतामा दसमुरेमा निर्माणाधिन नमुना पार्क परिसरमा बेल, राजबृक्ष, रुद्राक्ष, अशोका, गुलमोहर, अमला, पारिजात, धुपी लगायतका विभिन्न प्रजातीका करिब सय भन्दा बढी बोटबिरुवाहरु रोपिएको छ ।

प्लाष्टिकजन्य प्रदुषण न्यूनीकरण, हाम्रो दायित्व : मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथी डिभिजन बन कार्यालय कास्कीका प्रमुख श्री कोमलराज काफ्लेले जनसंख्या वृद्धि एबम बनजङ्गल बिनासका कारण प्राकृतिक एबम वातावरणिय सन्तुलन विग्रिएको र जलबायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्दै गएको र यसलाई न्यूनीकरण गर्न बृक्षारोपण गरि प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि पोखरा वडा नम्बर २१ वडाअध्यक्ष दीपक प्रसाद सुवेदीले वडा कार्यलयको सहयोगमा फुर्सेखोला टोल अन्तरगतका विभिन्न स्थानमा करिब १५ वटा विकास निर्माणका योजनालाई बजेट बिनियोजन गरिएको उल्लेख गरे । उनले पार्क निर्माण एबम सार्बजनिक सम्पत्ति संरक्षणका कार्यक्रममा सहयोग गर्न वडा कार्यलय सदैब सकारात्मक रहेको बताए ।

कार्यक्रमका संयोजक देव प्रसाद पहारीले स्वागत मन्तव्य राख्दै सार्वजनिक सम्पत्तिको संरक्षण गरि सामुहिक हितमा उपयोग गरौं भन्ने उदेश्यका साथ समुदायको सहभागीतामा पार्क निर्माण कार्यको सुरुवात गरिएको जानकारी दिए ।

टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र पहारीकोे अध्यक्षतामा सम्पन्न भएको भएको कार्यक्रमको संचालन संस्थाका सचिब लेखनाथ पहारीले गरेका थिए । टोलबासी नागरिकहरु, एबम टोल अन्तर्गतका लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था ,नयाँपुल महिला बचत तथा ऋण सहकारी संस्था , तारापुञ्ज आमा समूह, पहारीडाँडा बाँयाटारी बन उपभोक्ता समूह लगायतका बिभिन्न संघ संस्थाका प्रतिनिधि हरुको समेत उपस्थिति रहेको थियो


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।