शुभकामना आमा समुहको माईन्यूट लेखन तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८२ मा प्रकाशित




पोखरा–१७ स्थित शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं.–१७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समुह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरिन् । सिमीत श्रोत साधनको बाबजुद पनि वडाकोतर्पmबाट सवै क्षेत्रको समुचित विकासमा सक्दो सहयोग गर्दै आएको उनको भनाई थियो ।
कार्यक्रममा सञ्चारकर्मी हरि बास्तोलाले आमाहरु नेतृत्व विकाससंगै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउँदै बजारको आवश्यकता अनुसारको वस्तु उत्पादन गरेर आयआर्जन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिए ।
समाजसेवी टिकाराम पौडेलले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आमाहरुलाई सक्षम बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्लेन विश्वास व्यक्त गरे ।
विभिन्न आमा समुह र टोल विकास संस्थाका ४० जनाको सहभागिता रहेको उक्त तालिममा सुष्मा पौडेलले सहजीकरण गरेकी थिईन् ।
आमा समुहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा नारिशक्ति जागरण आमा समुहका अध्यक्ष राधादेवी लम्साल, समुहका उपाध्यक्ष मिना द्वारे र सचिव सिर्जना खनाले समुहको महत्व र खेल्दै आएको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।