पोखरा, असार १३
पोखराका २१ संस्थागत विद्यालयका ४६ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । शुक्रबार प्रकाशित एसईईको नतिजामा पोखराका विद्यालयहरु मध्ये सबैभन्दा धेरै मदरल्याण्ड सेकेण्डरी स्कुलका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएर उत्तिर्ण भए । अघिल्लो वर्षपनि सो विद्यालयका १० जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका थिए ।
संस्थागततर्फ दुई विद्यालयका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । पोखराको शिशु निकेतन र फिस्टेल एकेडेमीका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।
त्यस्तै, ९ विद्यालयका २/२ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । गण्डकी बोर्डिङ स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, कास्की मोर्डनाईज्ड एकेडेमी, विद्या निकेतन सेकेण्डरी स्कुल, हिमालयन बोर्डिङ, शान्ति निकेतन, बड्स एजुकेसन, भाष्कर मेमोरियल र बालोदय सेकेण्डरी स्कुलका २/२ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।
यसैगरी ९ वटा विद्यालयका १/१ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखराका प्रतिभा मावि, कुमुदिनी होम्स, सगरमाथा निकेतन, टप्स मावि, लाभिन रेसिडेन्सियल, सिर्जना सेकेण्डरी, स्नो भ्यू बोर्डिङ स्कुल, ज्योतिकुञ्ज सेकेण्डरी र रेन्वो एकेडेमीका १/१ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १३ नेवारी समुदायको परम्परागत गाईजात्रा पोखरामा पनि मनाइएको छ…





