पोखराका २१ संस्थागत र ९ सामुदायिक विद्यालयका ६४ जनाले ल्याए ४ जीपीए


     एभरेस्ट आवाज    
     असार १४ गते २०८२ मा प्रकाशित




पोखरा, असार १४

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखराका ६४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखराका २१ संस्थागत र ९ सामुदायिक गरेर कुल ३० विद्यालयका ६४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । पोखराका २१ संस्थागत विद्यालयका ४६ जना तथा ९ सामुदायिक विद्यालयका १८ जना विद्यार्थी उत्तिर्ण भए ।

पोखराका ४ जीपीए ल्याउने २१ संस्थागत विद्यालयमध्ये मदरल्याण्ड सेकेण्डरी स्कुल नतिजामा अब्बल देखिए । सो विद्यालयका ११ जना विद्यार्थी ४ जीपीए ल्याएर एसईईमा उत्तिर्ण भएका हुन् । अघिल्लो वर्षपनि सो विद्यालयका १० जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका थिए । १६६ जना विद्यार्थीले परीक्षा दिएकोमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बञ्जारा, ऋतिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी ४ जीपीए ल्याएर उत्तिर्ण भएको विद्यालयका प्राचार्य डा. नारायण बरालले जानकारी दिए । त्यसबाहेक १८ जनाले ३.९६ जीपीए, त्यो भन्दा माथि १३७ जनाले जीपीए ल्याएर उत्तिर्ण भएको उनले बताए । पोहोर भन्दापनि यस वर्ष नतिजा राम्रो आयो,उनले भने,‘शिक्षक, विद्यार्थी सबैको मेहनतको फल रिजल्टमा देखिएको छ ।’ उनले गण्डकी प्रदेश भरिमै आफ्नो विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याएको दाबी गरे ।

संस्थागततर्फ दुई विद्यालयका ४÷४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । पोखराको शिशु निकेतन र फिस्टेल एकेडेमीका ४÷४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।

त्यस्तै, ९ विद्यालयका २÷२ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । गण्डकी बोर्डिङ स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, कास्की मोर्डनाईज्ड एकेडेमी, विद्या निकेतन सेकेण्डरी स्कुल, हिमालयन बोर्डिङ, शान्ति निकेतन, बड्स एजुकेसन, भाष्कर मेमोरियल र बालोदय सेकेण्डरी स्कुलका २÷२ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।

यसैगरी ९ वटा विद्यालयका १÷१ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखराका प्रतिभा मावि, कुमुदिनी होम्स, सगरमाथा निकेतन, टप्स मावि, लाभिन रेसिडेन्सियल, सिर्जना सेकेण्डरी, स्नो भ्यू बोर्डिङ स्कुल, ज्योतिकुञ्ज सेकेण्डरी र रेन्वो एकेडेमीका १÷१ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए ।

सामुदायिक विद्यालयतर्फ १८ जना विद्यार्थी चार जीपीए ल्याएर उत्तिर्ण भएका छन् । सामुदायिक विद्यालयप्रति आम सर्वसाधारणको विश्वास टुटिरहँदा पोखराका ९ सामुदायिक विद्यालयका १८ जनाले चार जीपीए ल्याएर उत्तिर्णहुँदै सामुदायिक विद्यालय कमजोर नभएको सन्देश दिएका हुन् ।

पोखरामा सँधै अब्बल अमरसिंह माविका ५ जना यस वर्ष चार जीपीए ल्याएर उत्तिर्ण भए । कुल २०३ जनाले परीक्षा दिएकोमा ९३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा ५ जनाले चार जीपीए ल्याएर उत्तिर्ण भएको विद्यालयका प्राचार्य बलराम पोखरेलले जानकारी दिए । सो विद्यालयका अन्य ९८ जनाले ३.६ जीपीए भन्दा माथि, ५६ जनाले ३.२५ जीपीएभन्दा माथि र २७ जनाले २.८१ जीपीए भन्दा माथि र बाँकी ७ जनाले २.४ जीपीए भन्दा माथि ल्याएर उत्तिर्ण भएको उनले बताए । ईतिहासमै उत्कृष्ट नतिजा आएको दाबी गर्दै उनले भने,‘यो हामी शिक्षक, कर्मचारी र विद्यार्थीको मेहनतको फल हो । जागिर भन्दा सेवा सर्वोपरी ठानेर काम गर्दाको परिणाम राम्रो आएको छ, यसमा हामी खुशी छौं ।’

पोखरा–१३ स्थित भद्रकाली मावि र पोखरा–८ स्थित जनप्रिय माविका समान ४÷४ जना विद्यार्थी चार जीपीए ल्याएर उत्तिर्ण भए ।

यसैगरी, ५ वटा सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखरा–३ स्थित बाल मन्दिर मावि, पोखरा–१६ स्थित विन्ध्यबासिनी मावि बाटुलेचौर, पोखरा–१७ स्थित छोरेपाटन मावि, पोखरा–२१ निर्मलपोखरीस्थित जनचेतना मावि र पोखरा–३० स्थित गोगन माविका एक÷एक जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।