पोखरा, साउन ८
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेन्टाईन चेकपोस्ट राखिने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोखरा अन्तर्राराष्ट्रिय विमानस्थलमा पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार मन्त्रालयले राजपत्रमा विहीबार सूचना प्रकाशित गरेको छ । सो सूचना राजपत्रमा प्रकाशित भएसँगै पोखरा अन्तर्राराष्ट्रिय विमानस्थलमा पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन हुने भएको छ ।
सरकारले पोखरासँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पशु क्वारेन्टाईन चेकपोस्ट स्थापना र सञ्चालन गर्ने जनाएको छ । त्यसका लागिपनि राजपत्रमा विहीबार नै सूचना प्रकाशित भएको छ ।
यसबाहेक मुस्ताङको कोरला नाका र बाराको मटिअर्वा नाकामा पनि पशु क्वारेन्टाईन स्थापना र सञ्चालन हुनेछन् । यी सबै स्थानमा स्थायी प्रकृतिको क्वारेन्टाईन बन्ने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







