सूर्यचन्द्र विकास समाज मालेपाटनको अध्यक्षमा सावित्री कोइराला चयन


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८२ मा प्रकाशित




सूर्यचन्द्र विकास समाज मालेपाटनको अध्यक्षमा सावित्री कोइराला चयन भएकी छन् । समाजको शनिवार पोखरामा सप्पन्न ३२औँ साधारण सभा तथा १६औँ अधिवेशनले कोइरालाको अध्यक्षतामा सर्बसम्मत रूपमा नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हेमराज भण्डारी, महासचिवमा दिपकप्रसाद बराल, सचिवमा प्रदिप सुवेदी, र कोषाध्यक्षमा माधव प्रसाद बास्तोला चयन भए ।

त्यस्तै, सदस्यहरूमा विमल श्रेष्ठ, महेन्द्र दाहाल, बिन्दु पौडेल, संगीता कोइराला, सुसिला पौडेल, तथा दिनदयाल पाण्डे चयन भए ।

नयाँ नेतृत्वबाट समाजको सामाजिक, शैक्षिक तथा पूर्वाधार विकासमा थप योगदान हुने अपेक्षा गरिएको छ। यसअघि साधारण सभाको उद्घाटन गर्दै पोखरा-५ का वडाध्यक्ष बिष्णुप्रसाद बरालले सामाजिक काममा सूर्य चन्द्र विकास समाज अग्रणी रहेको बताए ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।