बेपत्ता भनिएका हायु परिवार फेवाताल घुम्दै, गरे ताल वाराही मन्दिरको दर्शन


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १३

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता हायु परिवारले फेवाताल घुमघाम गरेका छन् । चार दिनदेखि वेपत्ता भएर खोजी भइरहेका उनीहरु हिजो साँझ पोखरा–३० गगनगौंडामा फेला परेका थिए । व्यापक खोजीपछि फेला परेका उनीहरुलाई ज्वाई नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो ।

घरबाट हिंड्दा १६ जना भनिएपछि बिचमा थपिएर २२ जनाको समूह बनेको हायु परिवारले मंगलबार विहान फेवाताल घुमफिर गरेका हुन् । फेवाताल घुमफिरका क्रममा उनीहरुले फेवातालको बिच भागमा रहेका ताल वाराही मन्दिरको दर्शनसमेत गरे ।

ताल वाराही मन्दिरको दर्शन पश्चात उनीहरु ग.१ख.४५६८ नम्बरको लोकल बस चढेर फर्किएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।