पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा नौं दिनसम्म सञ्चालन भएको नवदुर्गा महोत्सव सम्पन्न भएको छ ।
बडादशैंको घटस्थापनादेखि नवमीसम्म भएको महोत्सवमा हजारौं भक्तजनहरूले मन्दिरमा पुजाआजा गर्नुका साथै दुर्गा सप्तशती पाठ र श्रीमद्देवी भागवत श्रवण गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । पोखरा सहित देशका विभिन्न भागबाट भक्तजन तथा दर्शनार्थीको भीड लागेको थियो। मन्दिर परिसरमा नवमीको साँझ सन्ध्याकालीन महाआरती समेत गरिएको थियो । बडादशैंको नौ दिनसम्म सामुदायिक सेवा केन्द्र, बगरले मन्दिर परिसरमा विशेष सुरक्षा व्यवस्थापन मिलाईएको थियो ।
केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारीको संयोजनमा समितिका सदस्यहरूले दैनिक रूपमा सहभागिता जनाएको सदस्य ऋषिराम भट्टराईले जानकारी दिए । भक्तजनको बढी घुईंचो लाग्ने सप्तमी, अष्टमी र नवमीका दिन, उनीहरुको सहजता, सुरक्षा र आवश्यक सहयोगलाई लक्षित गर्दै ‘नागरिक सहायता कक्ष’ मार्फत सेवा प्रदान गरिएको थियो । केन्द्रले कार्यक्रम अवधिभर पूजाआजाका लागि आउने भक्तजनहरूको भीड व्यवस्थापन, सुरक्षात्मक सहयोग र शान्त–सहज वातावरण निर्माण गर्न स्वयम्सेवकहरूको प्रभावकारी परिचालन समेत गरेको थियो । नागरिक सहायता कक्ष मार्फत भक्तजनहरूले सुरक्षासम्बन्धी सहयोग, आपतकालीन आवश्यकता तथा जानकारीका सेवाहरू तत्काल पाउने व्यवस्था मिलाइएको थियो ।
त्यसैगरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले केन्द्रले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै पदाधिकारी,कार्यसमिति सदस्यहरू तथा सामुदायिक प्रहरीलाई विशेष सम्मान समेत गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







