पस्र्याङमा ईभी भ्यानले ठक्कर दिदाँ दुई जना घाईते


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८२ मा प्रकाशित




पोखराको पस्र्याङमा भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन ।

पोखराको बाग्लुङ बसपार्कवाट जिरो किमी जादैं गरेको वि ए ए ०८४९ नम्वरको इलेक्टिक भ्यानले बाटो काट्न लागेको ग २० प १८३३ नम्वरको मोटर साईकललाई ठक्कर दिदाँ मोटर साईकलमा सवार नारायण सापकोटा र हरि सापकोटा घाईते भएका हुन । घाईते दुवै जनाको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सो भ्यानले मोटर साईकललाई ठक्कर दिएपछि ग १४ प १४९९ नम्वरको स्कुटरलाई समेत ठक्कर दिएको थियो ।

स्कुटर पार्किङ गरी राखेको भएकाले कुनै मानविय क्षति नभएको बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।