बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडी सम्मानित भएको छ ।
सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी पोखरा आइपुगेका उनीहरुलाई पोखरामा सम्मान गरिएको हो । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस मंगलबार पोखरा आइपुगेका थिए । उनीहरूलाई पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । पोखरा पर्यटन भ्रमर्ण वर्षका संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया लगाएतले अबिर खादाले स्वागत गरे । यसअघि नेपाल आइसकेका ब्रुस दम्पती यसपटक साइकल यात्रा गर्दै नेपाल आएका हुन् ।
नेपाल प्रकृति, संस्कृतिले धनी रहेको भन्दै साइकल यात्रीले नेपालको पर्यटन प्रर्वधनमा टेवा पुग्ने संयोजक भट्टराईले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







