आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड लागेको छ ।
दर्ता गर्ने समय अब ३ दिन मात्र बाकी हुँदा प्रदेश निर्वाचन कार्यालय पोखरामा नामावलीमा नाम दर्ता गराउनेको संख्या उल्लेख्य रुपमा बढेको हो । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार असोज ९ गतेदेखि हालसम्म ६ हजार ५सयभन्दा बढी नयाँ मतदाता थपिएका छन्। कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेक अनुसार दैनिक ९ सय जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा ८५ प्रतिशत जेन–जी पुस्ताको सहभागिता रहेको न्यौपानेले बताए ।
बढ्दो भीड व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालयले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने व्यवस्था मिलाएको छ। सबै कर्मचारीलाई चार वटा दर्ता स्थलमा खटाइएको छ, जसले मतदाता नामावली सङ्कलन र अद्यावधिक दुवै कामलाई तीव्र बनाएको छ। न्यौपानेका अनुसार, “हामीले बिहान र बेलुकाको समयमा आउनेलाई प्राथमिकता दिन आग्रह गरेका छौं ताकि दिउँसो हुने भीड घटोस्।”कार्यालयमा दर्ता गराउनेहरूको लाममा विद्यार्थी, नयाँ जागिरे, विदेश जाने तयारीमा रहेका युवादेखि वृद्ध नागरिकसम्म सक्रिय देखिन्छन्।
गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा पनि नाम दर्ताको गति निकै बढेको छ। न्यौपानेका अनुसार, ती जिल्लाहरूमा औसतमा दैनिक १ सय ५० जना नयाँ मतदाता थपिएका छन्।देशका जुनसुकै ठाँउमा स्थायी बसोबास भए पनि आफुलाई पायक पर्ने जिल्ला वा प्रदेश निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ । राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने समेत भएको छ।
आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाउँदै, राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







