जेनजी अगुवा सुदन गुरुङले सबै जेनजी एकताबद्ध भएको बताएका छन् ।
आईतबार सामाजिक सञ्जालमा लेख्दै हामी नेपालका संस्थापक समेत रहेका गुरुङले देशभरका जेनजी एकताबद्ध रहेको दावी गर्दै नेपाल एकिकरणको शुरुवात भएको गोर्खाबाट अभियान नै संचालन गर्ने बताएका हुन् ।अभियान अन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ ।
गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन पनि आह्वान गरेका छन् । उनले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको भन्दै अपिल गरेका हुन् ।
उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन उनले सार्वजनिक आह्वान गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







